मन्त्रीहरूको सम्पत्ति विवरणमा सुदन किराँतीको टिप्पणी- ‘गरिबको भोटमाथि धनीको शासन’

मन्त्रीहरूको सम्पत्ति विवरणमा सुदन किराँतीको टिप्पणी- ‘गरिबको भोटमाथि धनीको शासन’

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । पूर्वमन्त्री सुदन किराँतीले वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणलाई लिएर “गरिबको भोटमाथि धनीको शासन” भइरहेको टिप्पणी गरेका छन् ।

नेपालमा सम्पत्ति कमाउने अवसर नभएकै कारण लाखौँ युवाहरू विदेश पलायन भइरहेको अवस्थामा केही व्यक्तिहरूले नेपालमै अकुत सम्पत्ति आर्जन गरेको देखिनुले गम्भीर प्रश्न उब्जाएको किराँतीको तर्क छ। उनले एक भुक्तभोगीको भनाइ उद्धृत गर्दै लेखेका छन्, “अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैले गडबडी गरेको हुनुपर्छ।”

नेता किराँतीले सम्पत्ति विवरण बुझाउँदा नियम अनुसार स्रोत खुल्नुपर्ने उल्लेख गर्दै ती सम्पत्तिको राज्यलाई कर तिरिएको छ कि छैन भन्ने विषयमा अनुसन्धान हुनुपर्ने माग गरेका छन् । उनले कानुनको बर्खिलाप हुने गरी हदबन्दीभन्दा बढी जग्गा जमिन राख्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत सरकारको ध्यानाकर्षण गराए ।

Logo