प्रधानमन्त्री, मन्त्रीको सम्पत्ति धेरै देखिए पनि सवारी साधन विवरण भने सामान्य मात्र देखिएको छ । सुन चादि, सेयर लगानी बैङ्क मौज्दातका विवरणहरु प्रस्ट देखिए पनि सवारी साधनमा भने विलासी र प्रशस्त लगानी भएको देखिएन् ।
सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसंगै कुन मन्त्री संग कस्ता सवारीसाधनहरु छन भन्ने जानकारी प्राप्त भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ ।
प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण आफुसंग कुनै सवारी साधन नभएको विवरण पेश गरेका छन् । यो विवरणलाई आधार मान्दा प्रधानमन्त्री शाहसंग कुनै सवारी साधन नरहेको देखिन्छ ।
मन्त्री परिषदको दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग कगदबचग हख गाडी रहेको छ । हाल यो गाडिको बजार मुल्य १ करोड ४० लाख पर्ने देखिन्छ । उनले पेश गरेको विवरण अनुसार २०७९ सालमा ९४ लाखमा खरिद गरेको विवरण पेश गरेका छन् । उनले अन्तराष्ट्रि संघ संस्थामा रोजगारी गरे वापत प्राप्त गरेको र आपफु अध्यक्ष रेहको संस्थाको सहयोगमा खरिद गरेका उल्लेख गरेका छन।
परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरणअनुसार उनले बैंकबाट ऋृण लिएर ४० लाखमा ‘डङफेङ विगो’ गाडी खरिद गरेको उल्लेख छन् २०८२ पौषमा उनले यो गाडि खरिद गरेको विवरणमा उल्लेख गरेका छन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलेसँग दुई वटा गाडी र एक स्कुटर रहेको तिनैको कुल मुल्य ३० लाख ७१ हजार रहेको उल्लेख छ । उनीसंग ल्याण्ड क्रुजर टोयटा गाडी २०६६ सालमा खरिद गरेको उल्लेख गरेका छन् । ८ लाख ५० हजारमा खरिद गरेका उल्लेख गरेका छन्।
आफुसंग भएको रोयल ईन्फील्ड विक्रि गरेर यो खरिद गरेको जनाएका छन् । गाडि संगै उनीसंग एक थान स्कुटर र एम जी को ईलेक्ट्रीक गाडि रहेको जनाएका छन् । १९ लाख ७५ हजारमा उक्त गाडि खरिद गरेका बताएका छन् । २०७६ सालमा खरिद गरिएको उक्त गाडिको बजार मुल्य हाल करिब ४० लाख हाराहारी रहेको छ ।
गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण अनुसार मन्त्री गुरुङको लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा एम जी क्छ गाडी रहेको उल्लेख गरेका छन् । जेन्जी आन्दोल पछि २०८२ असोज १६ गते खरिद गरेका कारको मुल्य ४८ लाख उल्लेख गरेका छन भने व्यवसाय मार्फत खरिद गरेको उल्लेख गरे पनि कुन शिर्षकबाट र के व्यवसायबाट भन्ने खुलाएका छैन्न ।
मन्त्री भएपछि पनी सरकारी गाडी प्रयोग नगरि आफ्नै गाडी प्रयोग गर्दै आएका थिए । शरुमा उनले प्रयोग गरेको रातो कलरको गाडिबारे विवादास्तपत समाचार वारिएपछि गुरुङले एम जी क्छ गाडी प्रयोग गर्न थालेका हुन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्री शुनिल लम्सालसंग कुनै पनि सवारी साधन नरहेको खुल्न आएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा उनले पेश गरेको सम्पती विवरण अनुसार हाल सम्म उनीसंग कुनै सवारी साधन छैन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र उनको परिवारसंग ३ वटा सवारी साधन रहेको छ । २ वटा गाडी र एउटा स्कुटर आफुहरुसंग रहेको विवरण उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा पेश गरेकी छन् , कुन कम्पनीको कुन मोडलको गाडि भन्ने उन्ले उल्लेख गरेकी छैन्न । वाणिज्य बैङ्कबाट २६ लाखमा गाडी खरिद गराएको जनाएकी छन् भने उनका श्रीमानले ९५ लाखको गाडी रहेको विवरणमा उल्लेख छ । पुरानो स्कुटर एक्स चेन्ज र तलव मार्फत स्कुटर किनेको उल्लेख गरेकी छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरणमा २० कुखुरा र एउटा कुकुर पनि उल्लेख गरेकी छन । सार्वजनिक सम्पत्ति विवरणमा उनले आफूसँग स्कुटर मात्र रहेको विवरण पेश गरेकी छन् । उनलेक कुन व्रान्ड र मोडलको स्कुटर रहेको उल्लेख नगरे पनी श्रीमानको नाममा पल्सर वाईक रहेको जनाएकी छन् । उनले आफुले प्रयोग गर्ने स्केटर ३ लाख ३० हजारमा खरिद गरेको उल्लेख गरेकी छन भने पल्सर वाईक २ लाख ७० अजारमा खरिद गरेको जानएकी छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको सम्पत्ति विवरणमा आफ्नो श्रीमान प्रेम नारायण अर्यालको नाममा २०८२ जेठमा उम जी एस फाईभ गाडी ४४ लाखमा गरिद गरेको विवरण पेश गरेकी छन् । आफ्नो श्रीमानको आयबाट उक्त गाडि खरिद गरेको उनको विवरणमा उल्लेख छ ।
स्वास्थ्य जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताको सम्पत्ति विवरण उनीसंग गा्रन्ड आई टेन गाडी रहेको छ । २०८२ सालमा २५ लाखमा उक्त गाडि आफ्नो र श्रीमानको तलवबाट खरिद गरेको उनले जनाएकी छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सार्वजनिक सम्पत्ति विवरण अनुसार उनी र उनको परिवारमा २ वटा गाडी रहेका छन् । उनी र उनका बुबा रमेस कुमार पोखरेलका नाममा रहेका छ । बुबाको नाममा किया निरो ईलेक्ट्रिक कार रहेको छ जुन गाडिको २०७७ सालमा ७० लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । आफुले चड्ने गाडि द्यध्म् डल्फीन कार ४० लाखमा २०८२ सालमा खरिद गरेका उल्लेख गरेका छन् । कुन आयो स्रोतबाट गाडि खरिद गरेको भन्ने उनले खुलाएका छैन्न ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलको सम्पत्ति विवरणमा ३५ लाख बराबरका एक जीप र २ स्कुटर किनेको उल्लेख गरेका छन् । आफ्नो दाईको नाममा सन २०१८ मा ३५ लाखमा जिप खरिद गरिएको र बैङ्क लोन मार्फत गरिद गरेको उल्लेख गरेका छन भने आफ्नो नाममा २ वटा स्कुटर रहेको विवरण पेश गरेका छन् । उनले कुन स्रोत बाट खरिद गरेका र कुन व्रान्ड र मोडलको भने उल्लेख गरेका छैन्न ।
सञ्चार तथा सूचना मन्त्री विक्रम तिम्लसिनाले सम्पत्ति विवरणमा २३ लाख बराबरको गाडी रहेको उल्लेख छ । स्वदेश तथा विदेशमा कर्म गरेर खरिद गरिएको विवरण पेश गरे पनी कुन ब्राण्डको सवारी उल्लेख गरेका छैन्न । विवरणमा उनले चार पाङग्रे सवारी साधन मात्र भनेका छन् ।
कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको सार्वजनिक सम्पत्ति विवर ऋणमा स्कुटर खरिद गरेको र स्कुरट खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरेको उल्लेख छ ।
उद्योग वाणिज्य मन्त्री गौरी कुमारी यादवले आफनो सम्पती विवरणमा हुन्डाई कोना गाडी रहेको विवरण पेश गरेकी छन् खरीद मिति र आम्दानी स्रोत नखुलाएको उक्त गाडीको मुल्य ५७ लाख उल्लेख गरेकी छन् ।
श्रम तथा रोजगार मन्त्री रामजी यादवले सम्पती विवरणमा आफुसंग एक थान मोटर साईकल मात्र रहेको उल्लेख गरेका छन् २०७३ सालमा २ लाख ७० हजारमा यामाहाको वाईक खरिद गरिएको उनले पेश गरेको विवरणमा उल्लेख गरेका छन् ।































प्रतिक्रिया