काठमाडौँ, ४, माघ
सरकारले अप्रत्यासित रुपमा प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेको छ । उपप्रधानमन्त्री कमल थापाको गृहजिल्ला मकवानपुरको हेटौँडा उपमहानगरलाई सरकारले तीन नम्बर प्रदेशको अस्थायी राजधानी तोकेको हो । तीन नम्बर प्रदेशको अस्थायी राजधानीका रुपमा यसअघि भक्तपुर चर्चामा थियो । त्यसैगरी काभ्रेको धुलिखेल र बनेपाले पनि प्रदेश ३ को राजधानी दाबी गरेको थियो ।
हेटौँडालाई प्रदेश ३ को राजधानी बनाउन उपप्रम थापाले मन्त्रिपरिषदमा दबाब दिँदै आएका थिए । हेटौँडा रसुवा, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र काभ्रे सहितका जिल्लालाई भने राजधानीका रुपमा अपायक पर्छ । देशकै राजधानी समेटिएको प्रदेश ३ को राजधानीको बहस पेचिलो बनेका बेला सरकारले हेटौँडालाई तोकेको हो । प्रदेश ३ को राजधानीका लागि काठमाडौं, भक्तपुर, बनेपा, ललितपुर, हेटौंडा चर्चामा थिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया