काठमाडौँ, ४ माघ
सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’ लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । "/>

विपन्नलाई उपचार सहायतामा समेत पक्षपात : नेतालाई पुग्यो,नागरिकलाई पुगेन !

विपन्नलाई उपचार सहायतामा समेत पक्षपात : नेतालाई पुग्यो,नागरिकलाई पुगेन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४ माघ
सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’ लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा आर्थिक सहायता दिने वेला विपन्न नागरिकलाई पनि सोही अनुसार दिने तयारी सरकारको थियो । तर स्वास्थ्य मन्त्रालयमै फाइल हराएपछि त्यस्तो व्यवस्था नगरिएको मन्त्रालयको व्यवस्थापन महाशाखाले जनाएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा विपन्न नागरिकलाई पनि १२ प्रकारका रोगमा उपचार सहायता दिन व्यवस्थापन महाशाखाले टिप्पणी उठाएर सचिव समक्ष पठाएको थियो । एकैपटक विपन्न र राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिका लागि १२ प्रकारका रोगमा सहायता दिने भन्दै आवश्यक टिप्पणी पठाइएको महाशाखाका निर्देशक डा. भीमसिंह तिंकरीले बताए । तर २३ कात्तिक ०७३ मा बसेको मन्त्रिपरिषद बैठकले गरिब तथा विपन्न वर्गका नागरिकलाई छोडेर सम्पन्न अर्थात विशिष्टलाई मात्रै दिने हिसाबले १२ प्रकारका रोगमा उपचार सहायता दिने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले सम्पन्नलाई १२ र गरिबलाई आठ प्रकारका रोगमै सहायता रकम दिन पूर्वस्वास्थ्यमन्त्री गगन थापाको पालामा फाइल उठेको बताएको छ । ‘फाइल हराएको होइन । हामीले मन्त्रिपरिषद बैठकमा लैजाने वेला पटकपटक अर्थ मन्त्रालयमा ताकेता गरेका हौँ । तर विपन्नलाई दिन बजेट नपुग्ने भएपछि फाइल अगाडि नबढेको हो,’ मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले भने । एकैपटक पठाएको फाइलमा विपन्न नागरिकको विषयमा मन्त्रिपरिषद्ले निर्णय नगर्दा व्यवस्थापन महाशाखा नै अन्योलमा परेको छ । ‘दुवै फाइल एकैपटक पास हुनु पर्ने थियो, तर विपन्नको छाडेर राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूको स्वास्थ्य उपचारमा मात्रै निर्णय भएको छ,’ निर्देशक तिंकरीले भने ।
नयाँपत्रिकाबाट

Logo