काठमाडौं । ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। बिहीबार मध्यान्ह १२ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार बैठकमा समसामयिक राजनीति र संसदीय समितिहरूको सभापति निर्वाचनको बारेमा छलफल हुनेछ।
बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ । त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो । गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।































प्रतिक्रिया