अमेरिकाको फ्लोरिडामा एक यस्तो गाउँ छ, जहाँ केवल बलात्कारी र यौन अपराध गर्नेहरु बस्छन् । हो, यो गाउँको नाम मिराकल भिलेज । फ्लोरिडाबाट २ मिल टाढा रहेको यस गाउँमा लगभग २ सय जना व्यक्ति बस्छन् । यी सबैजना अपराधी हुन् । उनीहरुमाथि यौन उत्पिडनको आरोप छ ।
यस गाउँमा त्यही अपराधीलाई राखिन्छ, जसमाथि कुनै न कुनै चाइल्ड सेक्स वा रेपको आरोप छ । खासमा फ्लोरिडाको कानुन अनुसार सजाय काटिसकेपछि पनि यौन अपराधीलाई समाजभन्दा अलग्गै राखिन्छ ।
फ्लोरिडाको कानुन अनुसार त्यस्ता व्यक्तिलाई घरमा बस्न दिइदैन । त्यही कारण यी अपराधीहरु सजाय भुक्ता गरिसकेपछि बेघर हुन्छन् । उनीहरुका लागि फ्लोरिडाको सरकाले यो गाउँ बनाइदिएका छन्, जहाँ यौन अपराधीहरु बस्छन् । यो गाउँ आम मानिसभन्दा टाढा राखिन्छ । उनीहरु बस्ने घरमा यस्तो पनि लेखिएको हुन्छ कि, यी व्यक्तिमाथि यौन अपराध लागेको छ ।































प्रतिक्रिया