दाङ , ३, माघ
प्रदेश राजधानीको माग गर्दै बुधवार देखि दाङमा अनिश्चितकालीन बन्द गरिएको छ । ५ नं प्रदेशको राजधानी दाङमा हुनु पर्ने माग गर्दै दाङ राजधानी सरोकार समितिको सक्रियतामा अनिश्चितकालीन बन्द आह्वान गरिएको समितिका सदस्य सचिव सविन प्रियासनले जानकारी दिए । बन्दका कारण बिहानै देखि जिल्ला ठप्प रहेको छ । पूर्वपश्चिम राजमार्गको सवारी आगागमन पनि प्रभावित भएको छ । जिल्लामा उद्योग कलकारखाना, यातायात, शिक्षण संस्था, व्यापार व्यवसाय बिहानै देखि बन्द रहेका छन् ।
सरकारले उच्च अदालत भएको जिल्ला छोडेर राजनीतिक पहुँचका आधारमा रुपन्देहीमा प्रादेशीक मुकाम तोक्न थालेको भन्दै दाङमा नै प्रदेश मुकाम तोकिनु पर्ने माग राखेर मंगलबार देखि आन्दोलन सुरु भएको थियो ।
बुधवार आन्दोलनलाई अझ कडा बनाइएको सचिव प्रियासनले जानकारी दिए । प्रदेश मुकामका लागि सबै पूर्वाधार, भौगोलिक अवस्था र आधारहरु दाङमा तयार भइरहेको र प्रदेशको मुख्य केन्द्रमा रहेको दाङ छोडेर भारतसँग जोडिएको रुपन्देहीको लुम्बिनी क्षेत्रमा मुकाम तोक्ने तयारी सरकारबाट हुनु जनताको भावना विपरित भएको जिल्लाका सरोकारवालाहरुले बताएका छन्।
अन्नपूर्णबाट































प्रतिक्रिया