प्रधानमन्त्री बालेनले पाए वारेस राख्ने सुविधा

प्रधानमन्त्री बालेनले पाए वारेस राख्ने सुविधा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफूविरुद्ध दर्ता गरिएको अदालतको अवहेलना मुद्दामा वारेस अनुमति पाएका छन् ।

उनले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि शुक्रबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले मुद्दामा वारेस राख्ने सुविधा प्रदान गरेको हो ।

प्रधानमन्त्री बालेनले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएलगत्तै कार्यव्यस्तता देखाएर वारेस अनुमतिका निम्ति निवेदन दिएका थिए । अवहेलना मुद्दामा उनी तीन वर्षदेखि अदालती तारिखमा धाइरहेका थिए ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेपछि त्यति बेला मेयर रहेका बालेनले आफ्नो अभिव्यक्ति दिएका थिए, जसमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

Skip This
Skip This
Logo