काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जा मन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका खड्कालाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्न आदेश दिएसँगै आज अस्पतालबाट पनि डिस्चार्ज भएका हुन् । उनी पक्राउ परेको भोलिपल्ट अर्थात् चैत १६ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए ।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार नेता खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ थुनामुक्त गर्न आदेश दिएको थियो ।
नेता खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत गत चैत १५ गते पक्राउ गरेको थियो ।































प्रतिक्रिया