काठमाडौं। नेपाली कांग्रेसभित्र आन्तरिक मतभेद र विशेष महाधिवेशनबारे चलिरहेको बहसबीच नेता अर्जुननरसिंह केसीले पार्टी एकतालाई पहिलो प्राथमिकता बनाउनुपर्ने सन्देश दिएका छन्।
केसीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिमा अहिलेको अवस्थामा दम्भ, अहंकार र शक्ति प्रदर्शन होइन, संगठनात्मक एकता नै प्रमुख आवश्यकता भएको बताएका छन्। सर्वोच्च अदालतले विशेष अधिवेशनको वैधता टुंग्याइसकेको सन्दर्भमा अब विवादभन्दा समाधानतर्फ जानुपर्ने उनको जोड छ।
उनका अनुसार लोकतान्त्रिक पार्टीमा मतभेद स्वाभाविक भए पनि त्यसलाई संवाद र सहमतिबाट समाधान गर्न सक्नुपर्छ। १५ औं महाधिवेशनलाई “एकता अधिवेशन” का रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ।
विश्लेषकहरूका अनुसार केसीको अभिव्यक्ति केवल व्यक्तिगत धारणा मात्र नभई कांग्रेसभित्र बढ्दै गएको गुटगत तनावलाई नियन्त्रण गर्ने प्रयासको संकेत पनि हो।
उनले नेतृत्वलाई सहिष्णु, समावेशी र संस्थागत निर्णय प्रक्रियामा जोड दिन आग्रह गर्दै वर्तमान चुनौती सामना गर्न सक्षम एकीकृत कांग्रेस निर्माण अहिलेको आवश्यकता भएको स्पष्ट पारेका छन्।





























प्रतिक्रिया