काठमाडाैं । आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले अमेरिकालाई १२३ रनमा रोकेको छ। रुवाण्डा क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर पहिले फिल्डिङ गर्ने नेपालको निर्णयलाई बलरहरूले सही साबित गरिदिए।
अमेरिकाको सुरुवात निकै खराब रह्यो । मनिषा उपाध्यायले पहिलो ओभरमै दुई विकेट लिएपछि दबाबमा परेको अमेरिकाका लागि पूजा गणेशले सर्वाधिक ४७ रनको योगदान दिइन्। उनलाई चेतना रेड्डी पागिद्याला (३० रन) र गार्गी भोगले (३४ रन) ले साथ दिए पनि अन्य ब्याटर चल्न सकेनन्।
नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिइन्। त्यस्तै कविता कुँवर र रिया शर्माले समान १-१ विकेट हात पारे।































प्रतिक्रिया