काठमाडौं, २ माघ ।
नेपाल अर्बुद रोग निवारण संस्थाले १८ जनवरी देखि २० जनवरीसम्म अन्तरर्राष्ट्रिय क्यान्सर सम्मलेन गर्ने भएको छ । संस्थाले होटक याक एण्ड यतिमा आयोजना गर्न लागेको सम्मेलनको उद्दघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।
तीन दिन सम्म चल्ने उक्त सम्मेलनमा विश्वका १५ भन्दाबढी राष्ट्रका २ सय ५० जना अनुसन्धानकर्ता, क्यान्सर विरुद्धका अभियान्ता, डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा क्यान्सरका विषयमा केन्द्रित रहेर विभिन्न तहका निति, यसका चुनौति र समाधानका योजनाहरुका बारेमा छलफल हुने बताइएको छ । पछिल्लो समय विश्वमै घातक रोगका रुपमा क्यान्सर देखा परेको छ । र दिन दिनै क्यान्सर रोगिहरु पनि बढिरहेका छन् ।
कार्यक्रम नेपाल सरकार स्वास्थ्य मन्त्रालय, अन्तरराष्ट्रिय क्यान्सर रोग नियन्त्रण संगठन र क्यान्सर काउन्सिल अष्ट्रेलिया सँगको सहकार्यमा सम्मेलन हुनेछ ।
सम्मेलनमा पहिलो पटक विश्वको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय संस्था अन्तरराष्ट्रिय क्यान्सर रोग नियन्त्रण संगठनका अध्यक्षको समेत सहभागिता रहने छ ।





























प्रतिक्रिया