हिन्दुत्वप्रति प्रधानमन्त्री बालेनको कुनै प्रेम छैन : स्वामी रामभद्राचार्य

हिन्दुत्वप्रति प्रधानमन्त्री बालेनको कुनै प्रेम छैन : स्वामी रामभद्राचार्य

केन्द्रबिन्दु
24
Shares

जनकपुर । विश्वप्रख्यात हिन्दू धर्म गुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह हिन्दूत्वप्रति पनि कुनै प्रेम नरहेको बताएका छन् । आइतबार जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आएका धर्म गुरु रामभद्राचार्यले बालेनको भारतप्रती पनि दृष्टी ठिक नभएको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री बालेनको मन भारत विरोधी नहुनुपर्ने सुझाव दिए । उनले बालेनको आकर्षण हिन्दूत्वप्रति हुनुपर्ने सुझाव दिए । उनले बालेन अहिले युवा रहेको र राजनीतिमा परिपक्व नभएको बताए । साथै उनले स्व।राजा विरेन्द्रकोे बेलामा हुने गरेका परम्पराहरु पुनः स्थापित गर्न सके अझ राम्रो हुने धारणा राखे ।

धर्मगुरु रामभद्रार्चायले नेपालमा धर्मान्तर हुने गरेको गुनासो गरे । उनले विगतमा धर्मान्तर गराउनेहरुको संख्यामा वृद्धि हुनु दुःखद रहेको बताए । उनले राजसंस्था फेरि आउनुपर्ने बताए । उनले नेपाल र भारत मिलेर एउटा महाशक्ति बन्नुपर्ने बताए । उनले नेपाल सरकारले चाहे हिन्दूराष्ट्रय पुनः कायम गर्न कुनै समय नलाग्ने जानकारी दिए ।

त्यस्तै, उनले नेपाल समृद्ध होस र कुनै देशमा निर्भर नहोस भन्ने कामना गरेका छन् । उनले खासगरी चीनसँग नेपाल कुनै किसिमले निर्भर नहुने पर्ने धारणा राखे । धर्म गुरु रामभद्राचार्य प्रत्येक वर्ष एक पटक जनकपुरधामको जानकी मन्दिर दर्शन गर्न आउने गर्छन । यहाँ आउँदा आफ्नो सम्धीको घर आएको महशुस हुने गरेको उनले बताए ।

Skip This
Skip This
Logo