ठूलो परिमाणमा लागुऔषध बरामद,११ जना पक्राउ

ठूलो परिमाणमा लागुऔषध बरामद,११ जना पक्राउ

केन्द्रबिन्दु
2.43k
Shares

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोले देशका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै ११ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका अनुसार पक्राउ परेकाहरूबाट खैरो हेरोइन, कोकिन र ट्रामाडोल क्याप्सुल गरी विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको हो । बरामद सामग्रीमध्ये ७ ग्राम खैरो हेरोइन, ३३ ग्राम कोकिन तथा १२ हजार ६०० क्याप्सुल ट्रामाडोल रहेको जनाइएको छ ।

प्रहरीले फरक–फरक स्थानमा सञ्चालन गरेको अपरेशनका क्रममा पहिलो समूहमा ७ ग्राम खैरो हेरोइनसहित ३ जना, दोस्रो समूहमा ३३ ग्राम कोकिनसहित ४ जना तथा तेस्रो समूहमा ट्रामाडोल क्याप्सुलसहित ४ जना पक्राउ परेका हुन् ।

लागुऔषध नियन्त्रण ब्यूरोले अवैध कारोबारमा संलग्न नेटवर्क पहिचान गर्न निगरानी र अनुसन्धानलाई अझ सुदृढ बनाइएको जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी कारबाही अघि बढाइने ब्यूरोले जानकारी दिएको छ ।

Skip This
Skip This
Logo