डेरावालको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

डेरावालको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले डेरामा बस्ने व्यक्तिहरूको विवरण संकलन गरी सुरक्षित रूपमा राख्न घरधनीलाई अनुरोध गरेको छ ।

परिसरका प्रवक्ता तथा एसपी पवन कुमार भट्टराईका अनुसार अपराध रोकथाम र घटना भएमा व्यक्तिको पहिचान सहज बनाउन यस्तो अनुरोध गरिएको हो । उनका अनुसार एउटै घरमा वर्षौँदेखि डेरामा बसेका व्यक्तिबारे जानकारी नहुँदा अनुसन्धानमा समस्या हुने गरेको छ ।

“कुनै व्यक्ति अपराधमा संलग्न भएमा घरधनीसँग सोधपुछ गर्दा धेरैलाई जानकारी हुँदैन,” एसपी भट्टराईले भने, “त्यसैले कम्तीमा डेरावालको आधारभूत विवरण राख्न आग्रह गरेका हौं । यो बाध्यकारी व्यवस्था होइन ।”

प्रहरीका अनुसार आवश्यक परेको अवस्थामा घरधनीले डेरावालसँग सम्बन्धित कागजात, परिचय विवरण तथा पृष्ठभूमिबारे जानकारी राख्न सक्छन् । कतिपय अवस्थामा पुलिस क्लियरेन्स रिपोर्ट समेत माग गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

यस कदमले अपराध अनुसन्धानमा सहयोग पुग्ने र निर्दोष व्यक्तिहरू अनावश्यक सोधपुछ तथा हैरानीबाट जोगिने अपेक्षा गरिएको छ ।

Skip This
Skip This
Logo