जापानको उत्तरी तटमा ७.५ म्याग्निच्युड भूकम्प, सुनामी चेतावनी जारी

जापानको उत्तरी तटमा ७.५ म्याग्निच्युड भूकम्प, सुनामी चेतावनी जारी

केन्द्रबिन्दु
15
Shares

टोकियो । जापानको उत्तरी तटीय क्षेत्र नजिक सोमबार शक्तिशाली भूकम्प गएको छ। ७.५ म्याग्निच्युडको उक्त भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले तत्काल सुनामी चेतावनी जारी गरेको छ।

स्थानीय समयअनुसार साँझ करिब ४:५३ बजे सानरिकु तट नजिक भूकम्प गएको बताइएको छ। यसको केन्द्र समुद्र सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

सरकारी प्रसारण संस्था एनएचकेले प्रभावित क्षेत्रमा करिब ३ मिटरसम्मको सुनामी आउन सक्ने चेतावनी दिएको छ। आओमोरी प्रिफेक्चर नजिकैको समुद्री क्षेत्रमा सुनामीको प्रारम्भिक लहर देखिएको पनि रिपोर्ट गरिएको छ।

सम्भावित ठूलो क्षतिको जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानतर्फ सार्न र सतर्क रहन आग्रह गरिएको छ।

Logo