काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुकुम्बासी समस्या समाधानका सम्बन्धमा सरकारको नीति स्पष्ट हुनुपर्ने बताएका छन् ।
सुकुम्बासी बस्ती हटाउने स्थानीय सरकारको पछिल्लो प्रयास र त्यसमा उत्पन्न विवादबारे टिप्पणी गर्दै सभापति लामिछानेले सुकुम्बासीहरूलाई विस्थापित मात्र गर्ने नभई व्यवस्थित गर्ने पक्षमा आफूहरू रहेको स्पष्ट पारेका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “केन्द्र सरकारको त्यस्तो कुनै ठोस निर्णय भएको मलाई जानकारी छैन। हाम्रो स्पष्ट मान्यता छ—सुकुम्बासीलाई विस्थापित गर्ने होइन, उनीहरूलाई व्यवस्थित गरिनुपर्छ। सरकारको नीति पनि सोही अनुरूप हुनुपर्छ।”
लामिछानेले सुकुम्बासी मुद्दा संवेदनशील भएकाले यसलाई राजनीतिक दाउपेचभन्दा पनि मानवीय र कानुनी आधारमा समाधान गरिनुपर्नेमा जोड दिएका छन् ।































प्रतिक्रिया