काठमाडौं, १ माघ ।
राजधानीमा कोठी चलाउने पुर्व प्रहरीसहित २ महिलालाई प्रहरीले पक्राउ गरेको छ । रेष्टुरेन्टको आडमा प्रहरीको जागिर छाडेर कोठी चलाउने पूर्व प्रहरी जवान भिम बहादुर विक सहित २ महिलाहरुलाई रंगेहात पक्राउ गरेको हो ।
महानगरिय प्रहरी वृत्त कालिमाटीले दिएको जानकारी अनुसार उनले काठमाडौं इन्जिनियरीड कलेज अगाडि भ्यू प्वाइन्ट नामक रेष्टुरेन्ट चलाउदै आएका थिए ।
विशेष सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताएअनुसार उनले दुई महिलालाई राखव वेश्यावृत्तिमा लगाउदैका थिए । प्रारम्भिक अनुसन्धानबाट उनि पूर्व प्रहरी समेत रहेको खुल्न आएको छ ।
पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध अन्र्तगत मुद्दा चलाईको कालिमाटी वृत्तले जनाएको छ ।































प्रतिक्रिया