कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा गएराति एक १८ वर्षीय किशोरको हत्या भएको छ। पुनर्वास नगरपालिका–५, भानुबस्तीका उज्जल सायरलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए। छातीमा चोट लागेपछि उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि धनगढीस्थित अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना राति करिब १:३० बजे भएको हो।
आक्रमण गर्ने व्यक्ति भने अझै पहिचान हुन सकेको छैन र फरार छन्।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ।































प्रतिक्रिया