चितवन। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ।
लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकहरूलाई कालोसूचीमा राखिएको केन्द्रले जनाएको छ। उनीहरूबाट करिब १ करोड ४ लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ। यसै अवधिमा बक्यौता नतिर्ने १ हजार ८२६ ग्राहकको विद्युत् लाइन काटिएको पनि केन्द्रले जनाएको छ। ६ महिनासम्म महसुल नतिरेपछि लाइन काट्ने नियम लागू गरिएको हो।
हाल केन्द्रमा ७४ हजारभन्दा बढी ग्राहक छन्। तीमध्ये करिब ४९ करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको बताइएको छ। बक्यौता असुलीका लागि लाइन काट्ने र सूचना दिने काम नियमित रूपमा भइरहेको प्राधिकरणले जनाएको छ।































प्रतिक्रिया