काठमाडौं, १ माघ ।
भारतमा वेश्यावृतिको लागि नेपाली युवती उपलब्ध छन् भन्दै सार्वजनिक रुपमा विज्ञापन गरेको पाइएको छ । सामाजिक सञ्जालमा भेटिएको उक्त तस्विरमा भारतका सबै प्रदेशमा मोजमस्ती तथा यौन सम्पर्कका लागि भनेर एक महिलाको नाम र नम्बर समेत उपलब्ध गराइएको छ ।
विज्ञापनमा भनिएको छ, ‘हामीसँग बंगलादेशी र नेपाली युवतीहरु उपलब्ध छन’ । यसबाट पनि भारतमा नेपाली युवतीहरुलाई खुल्लेआम वेश्यावृत्तिमा लगाउने गरेको प्रष्ट हुन्छ ।
भारतको राजधानी नयाँ दिल्लीस्थित बिभिन्न शहरमा नेपाली युवतीहरुलाई वेश्यावृत्तिमा लगाइन्छ । यो गिरोहले २० बर्षदेखि ६० बर्षसम्मका नेपाली युवती र महिलालाई यौनधन्दामा लगाउने भेटिएको छ । युवतीहरुलाई ग्राहकको इच्छा अनुसार उनीहरुले चाहेकै ठाउँमा पठाउने गरिएको, बर्षमा २ लाख भन्दा बढी ग्राहकलाई सेवा दिने गरेको जस्ता कुरा विज्ञापनमा उल्लेख छ ।
नेपाली युवतीहरु उपलब्ध गराउने भन्दै विज्ञापन नै प्रकाशित गरिएपछि दिल्लीस्थित नेपाली दूतावासले यो विषयमा एक्शन लिएको बताएकोछ । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर हरी ओडरीले नेपाली युवतीहरुलाई वेश्वावृत्तिमा लगाइएको विषयलाई गम्भीरतापूर्वक उठाउँदै कारबाहीका लागि दिल्ली प्रहरीको ध्यानाकर्षण गराइएको बताएका छन् ।































प्रतिक्रिया