काठमाडौं । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति एवं पूर्वराज्यमन्त्री कान्छाराम तामाङलाई स्पष्टीकरण सोधेको छ।
पार्टी सभापति गगन थापासँग ३ अर्ब पैसा रहेको दाबी गरेको भिडिओ सार्वजनिक भएसँगै तामाङलाई कांग्रेसले तीन दिने स्पष्टीकरण सोधेको हो ।
पार्टीकाे अनुशासन आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लङ्घन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तीन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेस गर्न निर्देशन गर्दछ ।’





























प्रतिक्रिया