आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। आज देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरले हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

दिउँसोतिर कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा बादल बढ्ने सम्भावना छ। पहाडी भूभागमा आंशिक बदली रहनेछ, तर अन्य स्थानहरूमा मौसम सफा नै रहने देखिन्छ। विशेषगरी कोशी, बागमती र गण्डकीका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

उता तराई क्षेत्रको अवस्था भने फरक छ। मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यकाहरूमा तातो दिन रहनेछ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर ९ज्भबतधबखभ० चल्ने सम्भावना रहेकाले विशेष सतर्कता आवश्यक छ।

राति भने मौसम झन् स्थिर हुने देखिन्छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सफा रहनेछ। कोशी प्रदेशका केही हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।

Skip This
Skip This
Logo