मध्यरातसम्म गृहमन्त्रीको गोप्य बैठक, विवरण खुलाउन अस्वीकार

मध्यरातसम्म गृहमन्त्रीको गोप्य बैठक, विवरण खुलाउन अस्वीकार

केन्द्रबिन्दु
324
Shares

काठमाडौं। गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग मध्यरातसम्म लामो गोप्य छलफल गरेका छन्। मंगलबार साँझ सुरु भएको बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललगायत सहभागी थिए। करिब पाँच घण्टा चलेको उक्त छलफल राति ११ बजेतिर सकिएको थियो।

छलफलको विषयबारे जिज्ञासा राख्दा गृहमन्त्री गुरूङले स्पष्ट जवाफ दिन अस्वीकार गर्दै ‘अब पछि भनौँला’ मात्र भनेर मन्त्रालयबाट बाहिरिएका थिए। यसले बैठकको उद्देश्यबारे थप जिज्ञासा र अनुमान बढाएको छ।

उता, काठमाडौंका प्रमुख जिल्ला अधिकारी पौडेलले पनि बैठकको विषयमा बोल्न नमिल्ने प्रतिक्रिया दिएका छन्। सुरक्षा संवेदनशीलतासँग जोडिएको विषय हुन सक्ने आकलन गरिए पनि सरकारले औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन, जसले घटनालाई थप रहस्यमय बनाएको छ।

Logo