काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार निर्माण सेवासँग सम्बन्धित संयुक्त उपक्रमका बैंक खाताबाट अधिकारीको व्यक्तिगत खातामा रकम स्थानान्तरण भएको पाइएको छ। सोही रकमलाई प्रयोग गरी मिलेमतोमा जग्गा तथा सुन खरिद गरिएको र विभिन्न व्यक्तिलाई भुक्तानी गरिएको दाबी गरिएको छ।
आयोगले सम्बन्धित निर्माण सेवाले विभागसँग गरेका ठेक्का सम्झौतामध्ये करिब ६४ करोड रुपैयाँ बराबरका काममा झण्डै ४ करोड २२ लाख रुपैयाँभन्दा बढी घुस लिएको आरोप लगाएको छ। सोही रकमलाई गैरकानुनी रूपमा लुकाउने, रूपान्तरण गर्ने तथा प्रयोग गर्ने कार्य भएको ठहर गर्दै सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दासमेत दायर गरिएको हो।
अख्तियारले दुवै व्यक्तिविरुद्ध समान बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा अघि बढाएको जनाएको छ।





























प्रतिक्रिया