होर्मुज जलडमरूमध्यमा तनाव, कन्टेनर जहाजमाथि गोलीबारी

होर्मुज जलडमरूमध्यमा तनाव, कन्टेनर जहाजमाथि गोलीबारी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । होर्मुज जलडमरूमध्यमा एउटा कन्टेनर जहाजमाथि गोली चलाइएको घटना सार्वजनिक भएको छ। यूके मेरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ)का अनुसार ओमानबाट करिब १५ नौटिकल माइल उत्तर–पूर्वतर्फ यो घटना भएको हो।

रिपोर्टअनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)को गनबोट जहाज नजिक पुगेपछि बिना कुनै रेडियो चेतावनी सीधै गोलीबारी गरिएको थियो। गोलीबारीबाट जहाजको नियन्त्रण केन्द्रमा क्षति पुगेको उल्लेख छ।

यता इरानी स्रोतहरूले भने जहाजले सुरक्षा निकायको चेतावनी नमान्दा कारबाही गरिएको दाबी गरेका छन्।

घटनापछि उक्त क्षेत्रको समुद्री सुरक्षाबारे चिन्ता बढेको छ।

Logo