काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनले पछिल्ला दिनहरूमा उठेका प्रश्न, शेयर तथा हितको द्वन्द्व सम्बन्धी विषय र सार्वजनिक चासोलाई ध्यानमा राख्दै नैतिक जिम्मेवारीस्वरूप पद त्याग गरेको बताएका छन्।
गुरुङले सार्वजनिक जीवनमा पारदर्शिता, सुशासन र जवाफदेहिताको माग बढिरहेको उल्लेख गर्दै निष्पक्ष छानबिनको वातावरण बनाउन पदबाट अलग भएको जनाएका छन्। उनका अनुसार पदभन्दा नैतिकता ठूलो भएको भन्दै व्यक्तिगत रूपमा कुनै असर नपरोस् भन्ने उद्देश्यले राजीनामा दिएका हुन्।
उनले सञ्चारकर्मी, नागरिक र युवाहरूलाई सत्य, इमानदारी र उत्तरदायित्वको बाटोमा उभिन आग्रहसमेत गरेका छन्।






























प्रतिक्रिया