भिरबाट लडेर ७ वर्षीया बालिकाको मृत्यु

भिरबाट लडेर ७ वर्षीया बालिकाको मृत्यु

केन्द्रबिन्दु
12
Shares

बागलुङ। भिरबाट लडेर एक बालिकाको ज्यान गएको छ। निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार उनी घर नजिकै बारीमा बाख्रा चराउने क्रममा भिरबाट खसेकी थिइन्। करिब ५० मिटर तल खसेपछि उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Logo