नेकपा सचिवालय पुनर्गठन गर्न पूर्वमन्त्री बाँस्कोटाको माग

नेकपा सचिवालय पुनर्गठन गर्न पूर्वमन्त्री बाँस्कोटाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठनको प्रस्ताव गरेका हुन्।

उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनु पर्ने बताएका छन् ।

उनले लेखेका छन्, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुराना भन्दा नयाँ पुस्ताका नेताहरुको वाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौं । कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले शनिबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिंदै अब ६० उमेर हाराहारीका नेतालाई नेतृत्व दिनु पर्ने बताएका थिए । त्यसपछि बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

Skip This
Skip This
Logo