प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । बाँकी घाइतेहरूको प्राथमिक उपचार भिङ्ग्रीस्थित स्वास्थ्य केन्द्रमा भइरहेको छ । मृतक बालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।































