काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा तरकारी, फलफूल, मसला तथा अन्य वस्तुको मूल्यमा सामान्य उतारचढाव देखिएको छ।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८० मा कारोबार भइरहेको छ भने सानो (लोकल/भारतीय) रु ५५ र तराईको सानो गोलभेँडा रु ६५ मा पुगेको छ। आलु रातो (नेपाली/भारतीय) रु २५ र सुकेको प्याज (भारतीय) रु ३५ प्रतिकिलो कायम छ।
हरियो तरकारीतर्फ गाजर (लोकल) रु ५०, गाजर (तराई) रु २५, बन्दा रु ३५–५०, काउली रु ३५–४०, मूला रु ३०, भन्टा रु ५०–६०मा कारोबार भइरहेको छ। बोडी, मटरकोसा, करेला, लौका, घिरौँला, फर्सी, भिन्डी जस्ता तरकारीको मूल्य रु २० देखि रु ७०सम्म रहेको छ।
सागसब्जीतर्फ पालुङ्गो रु १००, रायोसाग रु ५०, मेथी र चमसुर रु ८०, हरियो प्याज रु ७५ कायम छ। च्याउमा कन्य च्याउ रु २५०, डल्ले रु ३५० र सिताके च्याउ रु १,००० प्रतिकिलोसम्म पुगेको छ।
फलफूलतर्फ स्याउ (फुजी) रु ३००, स्याउ (झोले) रु २५०, केरा दर्जन रु २५०, अनार रु ४००, अङ्गुर रु २४०–३८०, कागती रु २९०, किबी रु ४५० र एभोकोडो रु ८०० प्रतिकिलो निर्धारण गरिएको छ।
मसलातर्फ अदुवा रु १००, सुकेको खुर्सानी रु ४५०, हरियो खुर्सानी रु ७०–९०, अकबरे खुर्सानी रु ५००, लसुन (चाइनिज) रु २०० र नेपाली लसुन रु १३० प्रतिकिलोमा कारोबार भइरहेको छ।
त्यस्तै, ताजा माछातर्फ रहु रु ३४०, बचुवा रु ३१० र छडी रु ३०० प्रतिकिलो कायम गरिएको छ भने सुकेको माछा रु १,००० प्रतिकिलो तोकिएको छ।
समितिका अनुसार मौसम, आपूर्ति र मागका आधारमा मूल्यमा दैनिक रूपमा परिवर्तन हुन सक्नेछ।































प्रतिक्रिया