पालिकाबाटै करसम्बन्धी सेवा सुरु, मकवानपुरका दुई गाउँपालिकामा सेवा सञ्चालन

पालिकाबाटै करसम्बन्धी सेवा सुरु, मकवानपुरका दुई गाउँपालिकामा सेवा सञ्चालन

केन्द्रबिन्दु
39
Shares

बागमती । मकवानपुरका स्थानीय तहहरूले करसम्बन्धी सेवा पालिकाबाटै उपलब्ध गराउन सुरु गरेका छन् ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनअन्तर्गत सरकारले करसम्बन्धी सेवा स्थानीय तहबाटै दिने नीतिअनुसार आन्तरिक राजस्व कार्यालय मकवानपुरको समन्वयमा मनहरी गाउँपालिका र बागमती गाउँपालिकामा करदाता सेवा सञ्चालन गरिएको हो ।

बागमती गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा सेवाग्राहीलाई व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर प्रदान गरिएको छ ।

आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार अब पालिकाबाटै स्थायी लेखा नम्बर जारी, आयकरसम्बन्धी काम तथा अन्तःशुल्कसम्बन्धी इजाजत र नवीकरणका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरणसमेत हुने व्यवस्था गरिएको छ ।

आगामी महिनाभित्र मकवानपुरका थप चार स्थानीय तहमा करदाता सेवा विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

Logo