राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यलाई गरे पदमुक्त

राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय सदस्यलाई गरे पदमुक्त

केन्द्रबिन्दु
618
Shares

काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदबाट मुक्त गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई जिम्मेवारी मुक्त गरेको विज्ञेप्ती मार्फत जानकारी दिएका छन्

‘तपाईंलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यलगायतको पार्टीको जिम्मेवारीबाट मुक्त गरिएको छ,’ लिङ्देनले कार्कीलाई लेखेको पत्रमा भनिएको छ,’हालसम्म जिम्मेवारीमा रही कार्य गर्नु भएकोमा हार्दिक धन्यवाद ।’

कार्कीले पार्टी नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै वर्तमान अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत एक विशेष वक्तव्य जारी गर्दै यस्तो स्थितिमा पार्टी विघटन गरेर नयाँ शिराबाट अघि बढ्ने प्रस्ताव समेत राखेका थिए ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र वैचारिक स्पष्टताका विषयमा ९ बुँदे आरोप लगाउँदै कार्कीले नेतृत्वले पार्टीलाई केवल सत्ताको भर्याङ बनाएको आरोप लगाएका थिए ।

Skip This
Skip This
Logo