नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले बङ्गलादेशको रङ्गपुरमा महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रिय समाचार समिति द्वारा उल्लेख गरिएअनुसार, बङ्गलादेशस्थित नेपाली दूतावासले “नेपाल–बङ्गलादेश सम्बन्धः आर्थिक सहकार्यको प्रवर्द्धन” विषयमा छलफल कार्यक्रम गरेको हो।

कार्यक्रममा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी ले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, शिक्षा र पर्यटनजस्ता क्षेत्रमा दुई देशबीच सहकार्यका धेरै सम्भावना रहेको बताए। उनले आर्थिक साझेदारी बलियो बनाउन निजी क्षेत्रबीचको सम्बन्ध विस्तार अपरिहार्य रहेकोमा जोड दिए।

त्यसैगरी रङ्गपुर क्षेत्रका सरकारी र व्यावसायिक प्रतिनिधिहरू जिल्ला प्रशासन, उद्योग वाणिज्य सङ्घ र महिला चेम्बरका प्रतिनिधिहरूले पनि नेपाल–बङ्गलादेशबीच व्यापारिक सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले दुई देशका व्यवसायीबीच सहकार्य बढाउने र नयाँ अवसर खोज्ने विषयमा विचार आदानप्रदान गरेका थिए।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ, पर्यटन उद्यमी ९‘ट्राभल एन्ड टुर’ क्षेत्र० तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नेपाल र बङ्गलादेशबीच आर्थिक साझेदारी अझ सुदृढ गर्न व्यापार, लगानी, ऊर्जा र पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने आवश्यकता जोड दिइएको छ।

Logo