भ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल

भ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल

केन्द्रबिन्दु
39
Shares

काठमाडौंं । नेपाली सेनाले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो संस्था तथा नेतृत्वलाई लक्षित गर्दै प्रसारण भइरहेका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले आज जारी गरेको अपिलमा यस्ता कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न तथा नगराउन अनुरोध गरिएको छ।


नेपाली सेनाले यस्ता उच्छृङ्खल र अराजक गतिविधिहरूको सम्बन्धित निकायहरूसँग समन्वय गरी नियमित निगरानी भइरहेको जनाएको छ। साथै, यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने कुरा पनि स्मरण गराइएको छ।
आम जनमानसलाई आधारहीन, द्वेषपूर्ण समाचार तथा टीका–टिप्पणीहरूमा विश्वास नगर्न आग्रह गर्दै नेपाली सेनाले आधिकारिक जानकारीका लागि आफ्ना प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत प्रकाशित सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेको छ।


साथै, आवश्यक जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग प्रत्यक्ष समन्वय गर्न पनि आग्रह गरिएको छ।

Skip This
Skip This
Logo