काठमाडौं ।
सरकारले आज २ ठाउँको सुकुम्बासी हटाउँदैछ । केहीदिनदेखि गरेको तयारी अनुसार, सुकुम्बासी बस्ती खाली गराउन लागिएको हो ।

शनिबार बिहानदेखि बस्ती खाली गराउने अभियान अन्तर्गत पहिलो चरणमा थापाथलीबाट सुरु गरेको छ । स्थानीयको अवरोध हुन सक्ने अनुमान गर्दै सरकारले ठूलो मात्रामा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेको छ ।
यहाँ १ सय ४५ घरधुरी छन् २०६४ सालदेखि उनीहरु बस्तीमा टहरो बनाएर बसिरहेका थिए । बाँकी मनोहरा, सिनामंगललगायत स्थानका सुकुम्वासी बस्ती भोलि भत्काउने भएको ।
आज र भोलि दुई दिन सबै भत्काएर सकाउने योजना छ । पहिलो चरणमा थापाथली, सिनामंगल–गैरिगाउँ क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सुकुम्वासी बस्ती भत्काउन पाँचवटा डोजरसहित अन्तिम तयारी गरिएको छ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलका अनुसार, बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ ।
प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाइसकेका छन् । नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा दिने महानगरले जनाएको छ ।































प्रतिक्रिया