युएईलाई दबाबमा राख्दै नेपाली बलर

युएईलाई दबाबमा राख्दै नेपाली बलर

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याइरहेको संयुक्त अरब इमिरेट्स (युएई) ले २५ ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको छ।

युएईका लागि कप्तान मुहम्मद वसीम २३ रनमा अविजित छन् भने अक्षदीप नाथ २१ रनमा साथ दिइरहेका छन्। यसअघि हरप्रीत सिंहले ३९ रनको योगदान दिएका थिए। आर्यंश शर्मा १८ रन, अदीब उस्मानी १ रन तथा मुहम्मद शहदाद २ रनमा आउट भएका थिए।

नेपालका लागि करण केसीले २ विकेट लिएका छन्। दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान १–१ विकेट हात पारेका छन्। सन्दीप लामिछाने र सोमपाल कामीले पनि दबाबपूर्ण बलिङ गरिरहेका छन्।

युएईलाई जितका लागि अब २४ ओभर ५ बलमा ९४ रन आवश्यक छ।

Skip This
Skip This
Logo