काठमाण्डौं ।
राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती हटाउने विषयमा सरकारले अघि बढाएको कदमप्रति समर्थन जनाएका छन्।
वास्तविक सुकुम्बासीलाई छुट्याएर उचित व्यवस्थापन गर्ने सरकारी नीति स्वागतयोग्य रहेको उनले बताएका छन्। नेता शाहीले सरकारको कदमप्रति सन्तुलित प्रतिक्रिया व्यक्त गरेका हुन । उनले वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताउँदै, वर्षौंदेखि बसोबास गर्दै आएका विपन्न नागरिकको अधिकार सुनिश्चित गरिनुपर्नेमा बताएका हुन ।
शाहीले सुकुम्बासीको नाममा हुने दुरुपयोग रोक्दै सबैलाई कानुनको दायरामा ल्याउनु सकारात्मक कदम हो। “वास्तविक सुकुम्बासीलाई न्याय दिनु राज्यको दायित्व हो, तर नक्कलीका नाममा भइरहेको अतिक्रमण अन्त्य गर्नुपर्ने बताए ।
पछिल्ला दिनहरूमा काठमाडौँका विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्ती हटाउने क्रममा स्थानीयवासी र सुरक्षाकर्मीबीच तनावसमेत देखिएको थियो।
काठमाडौँका सुकुम्बासी बस्ती हटाउने विषय केवल कानुनी कार्यान्वयनको सवाल मात्र नभई सामाजिक, आर्थिक र मानवीय पक्षसँग जोडिएको जटिल मुद्दा भएकाले दीर्घकालीन समाधानका लागि सरकार, प्रतिपक्ष, नागरिक समाज र प्रभावित समुदायबीच समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
सहकार्य र संवादमार्फत् मात्र दीर्घकालीन समाधान सम्भव हुने उनले बताए ।





























प्रतिक्रिया