‘होइन, ७ भाइ मध्येवाट प्रवक्ता हुनै हुँदैनथ्यो ?’

‘होइन, ७ भाइ मध्येवाट प्रवक्ता हुनै हुँदैनथ्यो ?’

केन्द्रबिन्दु
0
Shares

चर्चित युवा नेता विश्व प्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रीय प्रवक्तामा मनोनित भएपछि पार्टी भित्र तरंग नै पैदा भएको छ । खासगरी कांग्रेसका ७ युवा नेता (विश्व प्रकाश सहित) मिलेर निकालेको संयुक्त बक्तब्यमा हस्ताक्षेर गरेपछि उनलाई प्रवक्तामा नियुक्त गरिएको थियो ।

अव सात भाइवीचको एकता के हुन्छ ? प्रवक्ताको अवको रोडम्याप के हो ? आदि विषयमा नेपाली कांग्रेसका उनै नवनियुक्त प्रवक्ता शर्मासँग केन्द्रबिन्दु डटकमका संवाददाता पंकज चिन्तनले गरेको टेलिफोन बार्ता ।

१. तपार्इं पार्टीको प्रवक्तामा नियुक्त हुनुअघि ७ भाइ मिलेर एउटा विज्ञप्ती निकाल्नुभएको थियो नि, त्यो केकालागी थियो ?
– चुनावमा पार्टीले नमीठो हार व्यहोरिसकेपछि त्यसैको समीक्षा हुँदै गर्दा विभिन्न क्षेत्रबाट फरक–फरक धारण आउन थाले । एक पटकको पराजय भनेको पुरै पार्टी सकियो भन्ने पक्कै होइन । तसर्थ चुनावी समीक्षा गर्न हामीले केन्द्रीय महासमिति बैठक बोलाउनुपर्ने कुरा विज्ञप्ती मार्फत जानकारी दिएका हौँ ।

२. विशेष महाधिवेशन बोलाउने कुरामा तपाईको असहती थियो, हो ?
– कस्ले भन्यो ? हामीले भन्दैमा विशेष महाधिवेशन तत्काल हुनसक्छ र ? त्यसकालागी पनि प्रावधानहरु छन् । छुट्टै बैधानिक व्यवस्थाहरु छन् । विशेष महाधिवेशन आवश्यक परेको खण्डमा केन्द्रिय समितिले सहमतिबाट बोलाउन सक्छ । त्यो पनि सहमतिमा । यदी केन्द्रिय कार्य समितिलाई आवश्यक पर्यो अथवा केन्द्रिय महासमितिले बोलाएको खण्डमा त्यसको तीन महिना भित्रमा महाधिबेशन हुन सक्छ । हामीले विशेष महाधिवेशको कुरा होइन्, केन्द्रिय कार्य समिति वैठक बोलाउने कुरा मात्रै गरेका छौं । एक पटक सबैलाई प्रकाशित विज्ञप्ती राम्ररी पढ्न भनिदिनुहोस् ।

३. ७ भाइको चाहाना अब नेतृत्व युवाले पाउनुपर्छ भन्ने हो ?

– मैले अस्ति पत्रकार सम्मेलनमा पनि भनेँ – नेतृत्वका लागी उमेर होइन एजेण्डा चाहिन्छ । के सात भाइले पार्टी सुदृढिकरणको माग राख्नु गलत हो ? पार्टीलाई सही दिशा तर्फ लाग्नुपर्छ भनेर आवाज उठाउनुलाई पार्टी नै अलग गर्दै छन् कि भनेर सोच बनाउने ? खासमा के हो भने, ७ भाइले पार्टीलाई एकढिक्का बनाएर कसरी लैजाने भन्ने मात्रै हो । नेतृत्व हामीलाई हुनुपर्छ भन्ने पनि होइन् । अलग पार्टी बनाउने भन्ने पनि होइन् ।

४. राजनीतिक विश्लेषकहरु के भन्छन्, भने ७ भाइ फुटाउन सभापति देउवाले विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएका हुन, तपाईको अबको धारणा के हुने ?
– होइन, ७ भाइ मध्येबाट प्रवक्ता हुनै हुँदैन भन्ने थियो र ? के सात भाइले नेतृत्वलाई सुझाव दिँदैमा उनीहरु पार्टीबाट अलग भएको बुझ्ने ? मेरो धारणा हिजो पनि पार्टीलाई एकिकृत बनाएर लानुपर्छ भन्ने थियो र आज पनि त्यही हुन्छ । सबैलाई एकै बाटोमा ल्याएर नेतृत्व सबल बनाउन भूमिका खेल्ने मेरो अबको काम हो । छिट्टै केन्द्रीय समितिको बैठक बस्छ । त्यसपछि चुनावी समीक्षा गर्दै कसरी अगाडि बढ्ने भन्ने कुराको निस्कर्ष निकाल्न सकिन्छ ।

५. तपाई प्रवक्तामा नियुक्त भएपछि अब ७ भाइको एजेण्डा के हुन्छ ?
– हिजो पनि हाम्रो माग भनेको चुनावमा भएको पराजयको समीक्षा गर्न केन्द्रिय समिति बैठक बोलाउनुपर्छ भन्ने हो । अहिले नेताहरुले आफु अनुकुल हुनेगरि मिडियामा आफ्नो धारणा जाहेर गरिरहेका छन् । तर बैठक पछि सबैको साझा विचारलाई मिलाएर एक ढिक्का भएर पार्टी अगाडि जान्छ । अहिले हामीले नेतृत्व फेरबदलको खेल खेल्नु भन्दा पनि अबको काँग्रेसको रणनीति के हुने भन्ने विषयमा जोड दिनुपर्छ । फेरि पनि भन्छु पार्टी हाँक्न उमेर होइन एजेण्डा चाहिन्छ ।

Logo