एमाले- माओवादी संयुक्त कार्यदलको बैठक बस्दै

एमाले- माओवादी संयुक्त कार्यदलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८ पुस ।

एमाले र माओवादी संयुक्त कार्यदलको बैठक बस्दै छ । अहिले विहान बस्ने बैठकले पार्टी एकता, राष्ट्रिय निर्वाचन तयारी र उम्मेदवार छनोटका विषय छलफल हुने बताइएको छ ।

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको दल दर्ता माघ १० गते भएकाले कार्यदल पार्टी एकताभन्दा पनि यसको साझा उम्मेदवार छनोट गर्ने गृहकार्यमा बैठक केन्द्रित हुने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।

एमाले–माओवादी एकता संयोजन समितिको पुस २५ गते बसेको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव सहभागी छन् ।

Skip This
Skip This
Logo