काठमाडौं ,२८,पुस
गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिँदै ७५ हजार मानिसले एकै स्वरमा बुद्धको वचन वाचन गरेर विश्व रेकर्ड राखिने भएको छ। "/>

बुद्ध नेपालमा जन्मिएको सन्देश दिँदै रेकर्ड राखिने

बुद्ध नेपालमा जन्मिएको सन्देश दिँदै रेकर्ड राखिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,२८,पुस
गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिँदै ७५ हजार मानिसले एकै स्वरमा बुद्धको वचन वाचन गरेर विश्व रेकर्ड राखिने भएको छ। गिनिज बुक अफ वल्र्ड रेकडर्ससँग अनुमति लिएर माघ २७ गते राजधानीको टुँडिखेलबाट सामूहिक सन्देश दिँदै रेकर्ड राख्न लागिएको हो। बुद्ध भारतमा जन्मिएको भन्दै सन् ०१४ फेब्रुअरी २ मा ४६ हजार ६ सय ६० जनाले एकै स्वरमा बुद्धको सन्देश वाचन गरेर गिनिज बुकमा रेकर्ड राखिसकेका छन् । बुद्ध जन्मिएको देश नेपाल भएकाले विश्वलाई सन्देश दिन रेकर्ड राख्ने लक्ष्यले विश्व कीर्तिमानी परिषद नेपालले कार्यक्रम गर्न लागेको हो।

बुद्धको धर्मपथलाई एकै स्वरमा वाचन गरी ७५ हजार मानिसको प्रत्यक्ष उपस्थितिमा काठमाडौंको टुँडिखेलमा विशेष व्यवस्था सहित कार्यक्रम आयोजना गरिने परिषदकी उपाध्यक्ष प्रतिष्ठा अमात्यले बताइन्। यो कामका लागि गिनिज बुकसँग सहमति लिइसकेको उनले जनाइन् । मापदण्ड पूरा गर्ने गरी कार्यक्रम सफल बनाउने लक्ष्य सहित बुद्धको तीन वचन सूर्य, चन्द्र र सत्यलाई वाचन गर्ने कार्यक्रम रहेको उनले बताइन्।

सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले औपचारिक प्रवेश पासको शुभारम्भ समेत गरेका छन् । युनेस्कोले बुद्ध नेपालमै जन्मिएको भनेर लुम्बिनी क्षेत्रलाई विश्वसम्पदा सूचीमा राखेको छ। सहभागीलाई गिनिज बुकका प्रतिनिधिको उपस्थितिमा क्यूआर कोड दिएर प्रवेश गराउने र सिट नम्बर सहित गन्ती गरेर तथ्य राख्ने व्यवस्था गरिएको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo