मन्त्रिपरिषद बैठक सम्पन्न यस्ता छन् निर्णयहरु

मन्त्रिपरिषद बैठक सम्पन्न यस्ता छन् निर्णयहरु

केन्द्रबिन्दु
2.63k
Shares

काडमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक केही  बेर अधि सम्पन्न भएको छ । 

सिंहदरबार स्थित मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले निम्न निर्णयहरू गरेको छ ।

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ। यस सम्बन्धी आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।

२. अर्थ मन्त्रालय

बैठकले ‘भन्सार नियमावली, २०८३’ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ।

३. गृह मन्त्रालय

सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी महानिरीक्षक (IGP) पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (AIG) श्री नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरिएको छ।

Logo