महाकाली नगरपालिका वडा नम्बर ४ दुम्पानीमा रहेको शिव मन्दिर निर्माणका लागी नेपाली सेनाको दुर्गादल गुल्मले आर्थिक सहयोग गरेको छ । सिर्जनशिल दलित समाज द्धारा निर्माण गरिन लागेको शिव मन्दिर निर्माणका लागी सेनाले २० हजार ४ सय ५१ रुपैया सहयोग रकम दिएको जनाएको हो ।
दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सन्तोश गुरुङ्गका अनुसार उक्त रकम सकल दर्जाका जवानहरु तथा गुल्मपति गुरुङ्ग बाट संकलन भएको थियो ।
मन्दिर निर्माणमा आर्थिक मात्रै नभएर निर्माण कार्यमा समेत नेपाली सेनाले सहयोग गर्ने गुल्मपति गुरुङ्गले प्रतिबद्धता बताए । नेपाली सेनाले सामाजिक कार्यमा सधंै सहयोग गर्ने गुल्मपति गुरुङ्गको भनाई छ ।
संकलित रकम गुल्मपति सन्तोश गुरुङ्गले आज गुल्मका परिवारको साथमा सिर्जनशिल दलित समाजका प्रतिनिधिलाई हस्तान्तरण गर्नु भएको हो । शिव मन्दिर निर्माणमा सेनाले गरेको आर्थिक सहयोगको उच्च कदर गर्दै सिर्जनशिल दलित समाजले खुलेरै प्रसंसा गरेको छ ।
मन्दिर धार्मिक तथा सास्कृतिक रुपले निर्माण गरिन लागेको समाजका अध्यक्ष जितेन परियारले जानकारी दिए । किरन धामी































प्रतिक्रिया