काठमाडौं, २७ पुस ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता रहेका छन् ।
उनीहरुले घटनामा संलग्न अभियुक्तहरुलाई सहयोग गरेका थिए । ‘केहीले सीम कार्ड दिएको केही आर्थिक लेनदेनमा संलग्न भएको देखिएको महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए ।
यसअघि प्रहरीले घटनाको मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ७ जनालाई पक्राउ गरिसकेको छ ।
यसैबीच, परिषरले गौचन हत्याकाण्डको अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैदको माग दाबी गरेको छ ।
गौचनको गत २३ असोजमा काठमाडौंमा दिनदहाडै गोली हानी हत्या भएको थियो ।





























प्रतिक्रिया