गाँजा खेती नियन्त्रणको लागि धनकुटा प्रशासनको पहल

गाँजा खेती नियन्त्रणको लागि धनकुटा प्रशासनको पहल

केन्द्रबिन्दु
9
Shares

धनकुटा । गाँजा खेती र ओसार-पसार गर्ने कार्य नियन्त्रणको लागि स्थानीय प्रशासनले धनकुटामा पहल सुरु गरेको छ । आज मंगलबार जिल्ला प्रशासन कार्यालय धनकुटाले सूचना जारी गर्दै लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम गाँजा खेती, ओसार-पसार तथा बेचविखन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाईएको हुनाले कसैले पनि यो कार्य नगर्न बताइएको छ ।

विगत केही बर्षदेखि धनकुटा लगायत पहाडी जिल्ला गाँजा खेती भइरहे पनि स्थानीय प्रशासन मौन रहेको थियो । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले हस्ताक्षर गरी जारी गरेको सूचनामा ऐनको व्यवस्था विपरीत कुनै पनि व्यक्तिले गाँजा खेती गरेको, ओसाहर-पसार गरेको वा बेचविखन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने उल्लेख रहेको छ।

कसैले यस्ता गतिविधि गरेको देखिएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय, धनकुटामा तुरुन्त जानकारी गराउन सूचनामा अनुरोध गरिएको छ । धनकुटाबाट निर्वाचित सांसदहरु र स्थानीय जनप्रतिनिधिहरुले  भने गाँजा खेतीलाई वैधानिक बनाउन माग गर्दै आएका छन् ।

Skip This
Skip This
Logo