४ ठाउँमा जग्गा, सुन र बैंक ब्यालेन्स: सांसद महावीर पुनले सार्वजनिक गरे सम्पत्ति

४ ठाउँमा जग्गा, सुन र बैंक ब्यालेन्स: सांसद महावीर पुनले सार्वजनिक गरे सम्पत्ति

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । म्याग्दी–१ का स्वतन्त्र सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरणमा उनले आफ्नो आत्मकथा बिक्री गरेर कमाएको रकम पनि उल्लेख गरेका छन्। नेपालको सार्वजनिक जीवनमा महावीर पुन जस्ता व्यक्तित्व विरलै भेटिन्छन् ।

महावीर पुनको मुख्य आम्दानी स्रोतको रूपमा उनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’लाई देखाएका छन् । विभिन्न रिपोर्टअनुसार हालसम्म २ लाख ५५ हजार प्रतिभन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन् । यसबाट १२ करोड रुपैयाँभन्दा बढी संकलन भएको उनी र उनका समर्थकहरूले बताएका छन्। यो पुस्तक नेपालको इतिहासमै सबैभन्दा बढी बिक्री भएको नेपाली किताबमध्ये एक बनेको छ ।

यो रकम उनी वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन र राष्ट्रिय आविष्कार केन्द्रका लागि खर्च गर्दै आएका छन्। कारखानामा हालसम्म करिब ३ करोड रुपैयाँ लगानी भइसकेको बताइन्छ। कारखानाबाट १७ लाख रुपैयाँबराबरका कृषि औजार बिक्री भइसकेका छन् र ४२ जनालाई रोजगारी दिइएको छ। थप ५० जनालाई रोजगारी दिने योजना छ।

यो अभियानलाई केहीले ‘प्रेरणादायी’ भन्छन् भने केहीले ‘सडकमा किताब बेच्ने सांसद’ भनेर टिप्पणी गर्छन्। पोखरामा सडकमा किताब बेच्दा मेयरले नै नियम पालना गर्न आग्रह गरेको घटना पनि सार्वजनिक भएको थियो। तर पुनले सांसद भए पनि किताब बेच्न नछाड्ने अडान लिएका छन्।

त्यस्तै पुनले पोखराको थुलाकोटमा २८ रोपनी जग्गा रहेको उल्लेख छ, जसलाई बिक्री गर्न प्रस्ताव गरिएको थियो। यसको उद्देश्य पनि आविष्कार केन्द्रकै लागि लगानी जुटाउने नै थियो।

समग्रमा, उनको व्यक्तिगत सम्पत्ति अत्यन्त साधारण देखिन्छ । उनी लामो समयदेखि जागिर नखाएको र अन्य आम्दानी स्रोत नभएको बताउँछन्। किताब बिक्री र केही पुराना दान/सहयोगबाट आएको रकम प्रायः संस्थागत लगानी (आविष्कार केन्द्र र कारखाना) मा गएको छ । सार्वजनिक रूपमा उपलब्ध विवरणअनुसार ठूलो बैंक ब्यालेन्स, बहुमूल्य सम्पत्ति, विदेशी लगानी वा व्यावसायिक साम्राज्य उनको सम्पसत्तिको श्रोतमा देखिदैनन् ।

Logo