माइतीघरको आन्दोलनामा नयाँ शक्तिको नारा, विकेकशील साझाका संयोजको उपस्थित

माइतीघरको आन्दोलनामा नयाँ शक्तिको नारा, विकेकशील साझाका संयोजको उपस्थित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २६ पुस ।

डा. गोविन्द केसीविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहँदा माइतीघर मण्डलामा भने डा. केसीको पक्षमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा कुनै पार्टीको तुल ब्यानर नभए पनि पार्टीको नाम भने बाराम्बार सुनिन्थो ।

कार्यक्रममा विकेकशील साझाका संयोजकमध्ये एक उज्जल थापाको उपस्थित रहेको थियो । उनी कार्यक्रममा उपस्थित भए पनि भाषण र अथितिकाे अासनमा बसेनन् ।

कार्यक्रम डा. केसीको पक्षमा भए पनि बीचबीचमा नयाँ शक्ति पार्टीको पनि नारा सुनिन्थो । उपस्थित भएका विवेकशील साझाका थापा पनि सामान्य मानिसले जस्तै बसेर नारा सुनेका थिए ।

पत्रकारहरुले प्रधान न्यायधीशलार्इ आन्दोलनबाट राजिनामा दिन बाध्य बनाउन खोज्नु भएको हो ? भन्ने प्रश्नमा थापाले भने, ‘राजिनामाको माग र विरोधभन्दा पनि डा. केसीको पक्षमा आवाज उठाउने र जनताले गरेको प्रश्नमा प्रधान न्यायधीशलार्इ जवाफ बाध्य बनाउने हाे ।’

Skip This
Skip This
Logo