रुकुम पुगेर प्रचण्ड भने – निर्वाचन परिणाम सामान्य थिएन भन्ने हाम्रो ठहर छ

रुकुम पुगेर प्रचण्ड भने – निर्वाचन परिणाम सामान्य थिएन भन्ने हाम्रो ठहर छ

केन्द्रबिन्दु
12
Shares

रुकुम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा सम्पन्न निर्वाचनको परिणाम सहज र स्वाभाविक नभएको बताएका छन् । बिहीबार रुकुम पश्चिम पुगेका प्रचण्डले त्यहाँका पत्रकारहरूसँग भने—’हामीले सम्पन्न निर्वाचनको निकै गम्भीर ढंगले समीक्षा गरेका छौँ । हाम्रो निष्कर्षमा यो निर्वाचन सामान्य र स्वाभाविक रहेन, बरु केही हदसम्म असामान्य र अस्वाभाविक देखियो ।’

निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नै लाग्दा उनले कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा नदेखिएको भन्दै प्रश्न उठाएका छन् । निर्वाचन परिणामका सन्दर्भमा कतिपय ठाउँमा उम्मेदवार स्वयंले हालेको मत समेत गणनामा नदेखिएको, कतै जित्ने अपेक्षा नै नगरिएका ठाउँमा अप्रत्याशित मत प्राप्त भएको र कतै सुरक्षित मानिएको मत परिणामको अन्तिम समयमा आएर एकाएक हराएको जस्ता उजुरी र रिपोर्टहरू प्राप्त भएको प्रचण्डले बताए ।

प्राप्त सूचनाले यो निर्वाचन सामान्य थिएन भन्ने हाम्रो ठहर छ । तथापि निर्वाचन मार्फत प्रकट भएको जनमत र राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलतालाई सहज रूपमा स्वीकार गरेको पनि उनले बताए ।

Skip This
Skip This
Logo