चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

चुहावट नियन्त्रण गर्न प्राधिकरणको अभियान

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज, २६ पुस |

विगत दुई वर्ष अघिसम्म पर्सा जिल्लामा १८ प्रतिशत विद्युत् चुहावट हुने गरेकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगञ्जले चालु आवभित्र सो चुहावट नियन्त्रण गरी १० प्रतिशतमा झार्न चुहावट नियन्त्रण अभियान थालेको छ । 

प्राधिकरणले लुकीछिपी विद्युत् चोरी गर्नेलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेपछि अहिले पर्सा जिल्लामा विद्युत् चुहावट नियन्त्रण हँुदै गएको केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवले राससलाई बताउनुभयो । 

जम्मा ६७ हजार ग्राहक रहेको पर्सा जिल्लामा विद्युत् चुहावट गर्नेलाई पक्राउ गरी जरिवानाबापत रु १३ लाख राजस्व उठाएको छ भने ग्राहकले धमाधम मिटर लिन थालेका छन् । 

सरकारी तथा अन्य कार्यालयबाट रु ५० करोड बक्यौता रकम उठाउन प्राधिकरणले पत्राचारसमेत गरेको छ । रासस

Skip This
Skip This
Logo