प्रधानमन्त्री शाह भन्छन्- बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ

प्रधानमन्त्री शाह भन्छन्- बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको बताएका छन् ।

शुक्रबार बिहान उनले बुद्धको बचनहरू उद्धृत गर्दै सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन्। उनले बुद्धले दुःख निवारणको बाटो देखाएको चर्चा गर्दै उज्यालोको अभाव नै अँध्यारो भएको बताएका छन् ।

शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गरेका छन्। उनले भनेका छन्, “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो।”
प्रधानमन्त्री शाहले लेखेका छन्- ‘हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।’

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ,”प्रधानमन्त्री शाह लेख्छन- ” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।”

Skip This
Skip This
Logo